डडेल्धुरा लगायत सुदूरपश्चिम प्रदेशमा ढोल बजाउँदै मनाइयो ओल्के–बुढेली पर्व

डडेल्धुरा- डडेल्धुरा लगायत सुदूरपश्चिम प्रदेशमा ढोल, दमाहलगायत स्थानीय बाजा बजाउँदै चैत धुमारी खेल खेल्दै ओल्के–बुढेली पर्व मनाइँदै छ । बुढेलीसँगै स्थानीयले एक महिनापछि बुढी पोल्ने बन्ढुनी मेला मनाउन रुखका हाँगाबिँगा एकै ठाउँमा थुपारी बन्ढुनी बार्ने गरेका छन् ।

बन्ढुनी बार्ने दिन ऐरी गाउँमा सुदूरपश्चिमको संस्कृति अनुसार चैत, धुमारी खेल्दै बुढेली मनाउने परम्परा छ । पहाडी क्षेत्रमा बन्ढुनी बारिन्छ र त्यसको ठिक एक महिनापछि बुढी पोल्ने भन्दै घर घरबाट आगोको राँको निकाली जलाइन्छ ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

हरेक वर्ष भदौ सङ्क्रान्तिका दिन मनाइने यो चाडमा आफ्ना मान्यजन छरछिमेकीलाई सगुनका रूपमा पिँडालुको कलिलो पात, चिउरीको पात, दुध, दही दिएर स्वागत गर्ने गरिन्छ । सुदूरपश्चिमेली भाषामा ओल्के भन्नाले सौगात, उपहार अर्थात् कोसेली भन्ने बुझिन्छ । यस पर्वमा आफूभन्दा ठुलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मान स्वरूप सागपात, फलफूल, मिठा मिठा खानेकुरा बाँड्नुका साथै महिलाले हातमा मेहन्दी लगाउने प्रचलन रहेको छ ।

ओल्के पर्वमा विवाहित छोरीलाई माइती घरमा आमन्त्रण गरेर सेल, पुरी, माणा, निसासे, डुब्का खिरलगायत मिठा परिकार पकाएर खाने खुवाउने परम्परा पनि छ । यस दिन भँगेरी प्रजातिको फूलको बोटका पात टिपेर सिलौटामा पिँधेर बनाइएको लेदो हत्केला र खुट्टाको औँलामा लगाएर रङ्गाउने गरिन्छ । भँगेरी फूलको लेदोबाट हत्केला र खुट्टाको औँलाको छाला रातो हुने र यसले बर्सातको मौसममा खेतबारीमा काम गर्दा हात, खुट्टामा देखिने छालासम्बन्धी रोगको सङ्क्रमणबाट बच्न सकिने जनविश्वास रहिआएको छ ।

द्वापरयुगमा भगवान् श्री कृष्णले कुटना बुढीलाई दाह गरेको सम्झनामा असोज एक गते बुढी पोल्ने परम्परा छ । भगवान् श्री कृष्णले कुटुना बुढीलाई जलाउनुअघि एक महिनासम्म युद्ध गरेकाले ओल्के पर्वका दिन बुढी बनाई ठिक एक महिनापछि जलाइने प्रचलन रहेको छ ।

Loading...