स्कुल बस चालक तथा सहचालकलाई सडक सुरक्षा सम्बन्धी सचेतना

अत्तरिया- कैलालीको अत्तरियामा स्कुल बस चालक तथा सहचालकलाई सडक सुरक्षा सम्बन्धी सचेतना कार्यक्रमको आयोजना गरिएको छ ।

Dadeldhura hospital

प्याब्सन गोदावरी नगर समितिले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया सँगको सहकार्यमा शुक्रबार (आज) अत्तरियास्थित नमस्ते पार्टी प्यालेसमा उक्त कार्यक्रमको आयोजना गरेको हो ।

Navadurga sun
Godawari sandesh

कार्यक्रममा प्याब्सन गोदावरी नगर समितिमा आवद्ध सम्पूर्ण विद्यालयका बस चालक तथा सहचालकहरुको उपस्थिति रहेको छ ।

उनीहरूलाई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रहरी नायब उपरीक्षक अनिल कुमार उप्रेती लगायतले प्रशिक्षण गरिरहेका छन् । कार्यक्रम दिउँसो २ बजेसम्म चल्ने जनाइएको छ ।

Loading...