कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका-३ तिलकपुरमा एक महिला रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् । कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, डीएसपी उमेश जोशीका अनुसार स्थानीय २२ वर्षीया सानु विष्ट घरनजिकैको जंगलको रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन् ।
‘घटना बुधबार साँझको हो । हामीलाई साढे ६ बजेतिर खबर आएको थियो’, डीएसपी जोशीले भने, ‘माइती पक्षले आफूले हेर्न पर्ने भनेकाले शव राति देखि घटनास्थलमै छ ।’

उनका अनुसार सानुकी माइती पक्षका मानिस आज बिहान घटनास्थल आइपुगेका छन् । ‘अब छलफल हुन्छ र शव व्यवस्थापन प्रक्रिया अघि बढ्ला’, डीएसपी जोशीले भने । उनका अनुसार युवती विवाहित हुन् । श्रीमान् पनि घरमै छन् ।
