देशभरमै सर्वोत्कृष्ट बन्यो रुपन्देही जिल्ला प्रशासन

जिल्ला प्रशासन कार्यालय रुपन्देही देशभरिमै सर्वोत्कृष्ट भएको छ । गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय रुपन्देही बीच भएको कार्यसम्पादन सम्झौतामा ९८ अङ्क प्राप्त गर्दै रुपन्देही सर्वोत्कृष्ट भएको हो ।

गृह मन्त्रालय र ७७ वटै जिल्ला प्रशासन कार्यालयले आर्थिक वर्ष सुरुआतसँगै कार्यसम्पादन सम्झौता गर्ने गरेका छन् ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

शान्ति सुरक्षा तथा अपराध नियन्त्रण, शासकीय प्रबन्ध, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण तथा विकास सहजीकरणलगायत ६६ वटा सूचकमा १०० पूर्णाङ्कमध्ये रुपन्देहीले ९८ अङ्क प्राप्त गरेको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले जानकारी दिए ।

यस्तै ९७ दशमलव पाँच अङ्कसहित पाल्पा जिल्ला प्रशासन कार्यालय दोस्रो, ९७ दशमलव छ अङ्क प्राप्त गरी बागलुङ तेस्रो भएको छ ।

यस्तै चौथोमा पश्चिम रुकुम ९७ दशमलव पाँच, पाँचौँमा ९७ दशमलव तीन अङ्कसहित मकवानपुर र पर्वत, छैठौँमा गुल्मी ९७, सातौँमा तेह्रथुम ९६ दशमलव आठ, आठौँमा रोल्पा ९६ दशमलव ७५, नवौँमा सोलुखुम्बू ९६ दशमलव पाँच र ९६ दशमलव चार अङ्कसहित १०औँ नम्बर डडेलधुरा पर्न सफल भएको छ ।

Loading...