

धनगढी- सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशनको पाँचौँ बैठक भोलि (बुधबार) बस्ने भएको छ । बिहान ११ बजे प्रदेश सभाको बैठक बस्ने प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिए ।



साउन पहिलो साता प्रदेश प्रमुख नजिर मियाँले सभाको विशेष अधिवेशन आह्वान गरेका थिए । विशेष अधिवेशनमा अहिले सम्म प्रदेशको समसामयिक विषयमा छलफल हुन सकेको छैन ।


दीर्घ बहादुर सोडारी नेतृत्वको प्रदेश सरकारले बजेट पारित गराउन नसकेपछि चालु आर्थिक वर्षको सुरुवात देखि यो प्रदेश बजेट शून्यताको अवस्थाबाट गुज्रिरहेको छ ।
नवनियुक्त मुख्यमन्त्री कमल बहादुर शाहले हिजो पदभार ग्रहण गर्दै बजेट शून्यताको अवस्थाको अन्त्यका लागि प्रदेश सरकारले छिट्टै छलफल अगाडि बढाउने बताएका थिए ।