​​​​​​​नेपाली काग्रेंसले सुदूरपश्चिम प्रदेश सरकारमा दुई मन्त्री र दुई राज्यमन्त्रीको टुगों

धनगढी- नेपाली काग्रेंसले सुदूरपश्चिम प्रदेश सरकारमा दुई मन्त्री र दुई राज्यमन्त्री पठाउने निर्णय गरेको छ । प्रदेशसभा संसदीय दलको कार्यालयमा बसेको बैठकले दुई मन्त्री र दुई राज्यमन्त्रीको नाम टुग्यांएको हो ।

मुख्यमन्त्री कमल बहादुर शाह सँगै आर्थिक मामिला मन्त्रीमा कञ्चनपुरका बहादुर सिहं थापा, सामाजिक विकास मन्त्रीमा अछामका मेघराज खड्का, आर्थिक मामिला राज्यमन्त्रीमा कैलालीका प्रकाश बम र सामाजिक विकास राज्यमन्त्रीमा डडेल्धुराकी सरस्वती खड्का सिफारिस भएकी हुन् । उनीहरू आज साढे ३ बजे मुख्यमन्त्री शाह सँगै सपथ लिने छन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

नागरिक उन्मुक्ति पार्टीले पनि पूर्व सामाजिक विकास मन्त्री लक्ष्मण किशोर चौधरीलाई मन्त्री बनाउने निर्णय गरि सकेको छ । उनलाई उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिईने छ ।

एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्रीमा बैतडीका शुरेन्द्र पाल, भूमी ब्यवस्था कृषि तथा सहकारी मन्त्रीमा कञ्चनपुरका बिर बहादुर थापा र आन्तरिक मामिला मन्त्रीमा कञ्चनपुरकै हिरा शार्की सिफारिस हुने निश्चित भएको छ । राज्यमन्त्रीमा भने डोटीकी निर्मला साउँद सिफारिस हुने भएकी छिन् ।

पाल, थापा र शार्की यस अघि २४ दिनका लागि मात्रै मन्त्री भएका थिए । जेठ २८ गते मन्त्री भएका दुबै जनाले असार २० गते एमालेले समर्थन फिर्ता लिएपछि राजीनामा दिएका थिए ।

Loading...