धनगढीको बेहडाबाबा मन्दिरको गुरूयोजना सार्वजनिक

धनगढी – धनगढी-१६ स्थित बेहडाबाबा मन्दिरको गुरु योजना तयार भएको छ । सोमवार मन्दिर परिसरमा आयोजित महायज्ञ स्थलमा गुरूयोजना सार्वजनिक गरिएको हो । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्रालयका सचिव झलकराम अधिकारीले गुरु योजना सार्वजनिक गरेका हुन् ।

Ganyapdhura gau
Dadeldhura hospital

मन्दिरको गुरुयोजना पुरातत्त्व विभागले बनाएको हो । गुरु योजनाअनुसार मन्दिरलगायतका संरचना निर्माण गर्न १२ करोड ६१ लाख रुपैयाँ खर्च लाग्ने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले बताए ।

Navadurga sun
Godawari sandesh

उनले पुरातत्त्व विभागको रेखदेखमा बन्ने बेहडाबाबा लगायत अन्य चार मन्दिरमा सिमेन्ट र छडको प्रयोग नगरिने बताए । मन्दिर परिसरमा पाँच वटा हवन कुण्ड, बस्नका लागि भवन दुई वटा प्रवेश द्वार निर्माण गरिने र परिसरमा ढुङ्गा छाप्ने अध्यक्ष जोशीले बताए ।

कार्यक्रमका प्रमुख अतिथि आर्थिक मामिला मन्त्रालयका सचिव झलकराम अधिकारीले प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयबाट मन्दिरको विकासका लागि सक्दो सहयोग गर्ने बताए । उनले बेहडाबालाई प्रमुख आध्यात्मिक स्थलको रुपमा विकास गर्न सयोग गर्ने बताए ।

Loading...