नेकपा बहुमतको जिल्ला सचिवालयको विस्तारित बैठक सम्पन्न

अत्तरिया- नेपाल कम्युनिस्ट पार्टी बहुमतको जिल्ला समिति कैलालीको आयोजनामा जिल्ला सचिवालयको विस्तारित बैठक सम्पन्न गरेकाे छ । शनिबार कैलालीकाे अत्तरियामा  विस्तारित बैठक सम्पन्न गरिएको हाे । वैज्ञानिक समाजवादी क्रान्ति जिन्दाबाद भन्ने नाराका साथ सम्पन्न कार्यक्रममा प्रमुख अतिथि ७ नम्बर प्रदेश संयोजक तथा पोलिट ब्युरो सदस्य डि डि पाण्डे रहेका थिए । कार्यक्रमको अध्यक्ष तथा सञ्चालक जिल्ला सेक्रेटरी तथा केन्द्रीय सदस्य प्रकाश रावल थिए अन्य अतिथिहरूमा केन्द्रीय सचिवालय सदस्य कमरेड सङ्घर्ष केन्द्रीय सदस्य राम भट्ट केन्द्रीय सदस्य शीतल केन्द्रीय सदस्य सीपी जिल्ला सल्लाहकार समिति सदस्य टिका धामी लगायतको उपस्थिती रहेकाे थियाे । 

कार्यक्रममा बोल्दै डिडी पाण्डेले नेपाली क्रान्तिको लागि सबैको सहयोग र सबैले एकजुट हुनुपर्ने वैद्यले माओवाद छोडे भनेर मञ्चमै भन्नुभयो। नेपाली क्रान्तिको अभिभारा पुरा गर्न हामीहरुले वैद्यलाई छोडेर आफ्नो पुरानो पार्टी बहुमतमा जानुपर्यो । नेपाली जनतावादी क्रान्ति पूरा गर्ने अभिभारा अब नेकपा बहुमतको काँधमा आएको छ। बर्ग युद्धको लागि हामी तयार छौँ। पार्टी एकता प्रक्रिया भङ्ग भएको सावन १ गतेबाट हो । एकता प्रक्रिया भएको १४ महिनामा असफल भयो १४ महिनासम्म पनि कमरेड किरण रूपान्तरित हुनुभएन। त्यसैले बाध्य भएर हामीहरु आफ्नै पार्टी बहुमतमा आएका हौ उनले भने ।

Navadurga sun

कार्यक्रममा बोल्दै कमरेड संघर्ष ले कमरेड किरण रुपान्तरण नभएको ले बाध्य भएर बहुमत पार्टी पुरानै बाटोमा एक्लै जान लागेको हो । वर्ग संघर्षको आन्दोलनमा कमरेड किरण इमान्दार भएर लाग्नुभएन । उहाँमा निम्न पुँजीवादी चिन्तन हावी भएको छ हामीले माओवादी विचारधारा मानेका छौं । वैज्ञानिक समाजवादी क्रान्ति पूरा गर्ने जिम्मा हाम्रो काँधमा आएको बताका हुन् । त्यस्तै कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी विप्लवबाट कमरेड भीम बहादुर बिक कम्युनिस्ट पार्टी बहुमतमा प्रवेश गरेका छन् । 

ADD Khali jpg
ADD Khali jpg
Loading...