कैलालीमा बस र टिप्पर ठोक्किदा ६ जना घाइते

धनगढी- कैलालीमा बस र टिप्पर ठोक्किदा ६ जना घाइते भएका छन् । बिहिबार पूर्वपश्चिम राजमार्ग अन्तरगत घोडाघोडी नगरपालिका–४ मा रा १ ख २७३३ नम्बरको टिप्पर र ना ७ ख ४३५ नम्बरको बस आपसमा ठोक्किएर दुर्घटना भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ ।

Dadeldhura hospital

दुर्घटनामा बसमा सवार ६ जना घाइते भएका छन् । घाईते हुनेमा बस चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ बस्ने २७ वर्षीय चन्द्र बोहरा, गौरीगंगा नगरपालिका–९ की ४० वर्षीया अनिता चौधरी, अञ्जली चौधरी, धनगढी उपमहानगरपालिका–१९ की माया चौधरी, सोही ठाउँका ४ वर्षीय विपीन र एक जना भारतिय नागरिक ३२ वर्षीय सुरेश निगम रहेको प्रहरीले जनाएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

घाइते सबैको घोडाघोडी अस्पतालमा उपचार भईरहेको छ । टिप्पर र टिप्पर चालक घोडाघोडी नगरपालिका–५ का २५ वर्षीय लालबहादुर चौधरीलाई इलाका प्रहरी कार्यालय सुख्खडले नियन्त्रणमा लिएको छ ।

Loading...