अत्याधिक वर्षाका कारण कृष्णपुरमा दुई दिन विद्यालय बिदा

अत्तरिया- कञ्चनपुरको कृष्णपुर नगरपालिकाले अत्याधिक वर्षाका कारण दुई दिन विद्यालय बिदा हुने भएको छ ।

Dadeldhura hospital

आइतबार एक सूचना जारी नगरपालिकाले आफ्नो मातहतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई यही असार २४ र २५ गते बिदा दिने निर्णय गरेको हो । 

Navadurga sun
Godawari sandesh

नगरपालिकाले विद्यार्थीहरूलाई आवतजावतमा समस्या हुन गई विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून देखिएकोले हिउँदे बिदाबाट मिलान हुने गरी बिदा दिएको प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र प्रसाद भट्टद्वारा हस्ताक्षरीत उक्त पत्रमा उल्लेख गरिएको छ ।

Loading...