सुदूरपश्चिम प्रमुख सरकारले आशालाग्दो काम गर्न सकेन : प्रदेश प्रमुख मियाँ

धनगढी- सुदूरपश्चिम प्रदेश प्रमुख नाजिर मियाले सुदूरपश्चिम प्रमुख सरकारले आशालाग्दो काम गर्न नसकेको बताएका छन् ।

अछाम जाने क्रममा डोटी पुगेका मियाले दलहरू सत्ता टिकाउन र ढलाउनमा बढी सक्रिय भएका कारण सन्तोषजनक काम नभएको बताए । ‘प्रदेशको समग्र विकासमा दलहरू जसरी लाग्नु पर्ने हो त्यसरी लागेको देखिएन’ नेपाल पत्रकार महासङ्घ डोटी शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले भने ‘एउटा पक्ष जसरी पनि सत्ता टिकाइरहन खोज्छ, अर्को पक्ष जसरी पनि सरकार ढलाउन खोज्छ ।’

godawari10 Mahila hinsa
Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

प्रदेश राजधानीको विषयमा सञ्चारकर्मीहरूले राखेको प्रश्नमा प्रमुख मियाले अहिले सम्म राजधानी व्यवस्थित हुन नसक्नु दुर्भाग्य भएको बताए । ‘राजधानीको विषयमा निर्णय गर्ने अधिकार प्रदेश सभालाई छ, सोही अनुसार कैलालीको गोदावरीमा राजधानी बनाउने भनेर सभाले सर्वसम्मत निर्णय गरेको रहेछ’ उनले भने ‘तर, लामो समय भइसक्दा पनि सो निर्णय कार्यान्वयन हुन सकेन ।’

प्रदेश सांसदले गरेकोमा निर्णयमा आफ्नो कुनै टिप्पणी नरहेको भन्दै उनले भने, ‘राजधानी तोकिएको ठाउँमा कुनै संरचना नबनेको र सो विषयमा न्यायालयमा समेत रिट परेको हुँदा सभाले निर्णय गरी दिपायल वा अन्य उपयुक्त ठाउँमा सार्न सकिने हुनसक्छ।’

उनले दिपायललाई सदरमुकाम बनाउने भन्दै उच्च अदालत यहाँ राखिएको जिकिर गरे । संविधान सभाका सदस्य समेत रहेका प्रदेश प्रमुख मियाले संविधान संशोधन हुन सक्ने बताए । ‘काम गर्दै जाँदा देखिएका समस्याहरू सुधार गर्दै जाने हो’ उनले भने ‘तर संविधान संशोधनको विषयमा राष्ट्रिय सहमति हुँदा राम्रो हुन्छ।’ संविधानमा देखिएको अस्पष्टताकै कारण सामान्य निर्णयमा पनि अदालत जानु पर्ने अवस्था आएको उनको भनाइ थियो ।

Loading...