कैलालीकाे लालभोजी र हिम्मतपुरका बाढी पीडित २६ घरपरिवारलाई राहत वितरण

अत्तरिया, १७ साउन- कैलालीको भजनी नगरपालिकाका बाढी पीडितलाई राहत वितरण गरिएको छ । टिकापुरका युवा समाजसेवी सुरेश बोहराले भजनी नगरपालिका–५ लालभोजी र ७ हिम्मतपुरका २६ घरपरिवारलाई राहत वितरण गरेका हुन् ।

केही दिन अघिको बाढीले विस्थापितहरू लाई दाल,चामल,तेल,नुन र चाउचाउ वितरण गरेका हुन् । विस्थापित परिवारले अहिले सम्म कहीँ कतै बाट पनि राहत नपाएको गुनासो गरेका छन् ।उनीहरूले नेताहरू ले चुनावका बेला धेरै आश्वासन दिएको भए पनि अहिले समस्यामा पर्दा फर्केर नहेरेको दुखेसो पोखेका छन् ।

Navadurga sun

बोहराले वितरण गरेको राहतले केही दिनको छाक टान सजिलो हुने उनीहरूको भनाइ छ । युवा समाज सेवी बोहराले बाढी पीडित लाई राहत वितरण गर्न पाउँदा धेरै हसित भएको बताए । बाढी बाट विस्तापीतहरुको अवस्था दैनिय रहेकाले स्थानीय,प्रदेश र सघीय सरकारसँगै सरोकारवालाहरू लाई सहयोग गर्न आव्हान गरेका छन् । बाढी प्रभावितहरू हुलकी सडकमा त्रिपालमुनि बसिरहेका छन् । बोहराले यस अघि निषेधाज्ञाका बेला पनि विपन्न परिवारलाई राहत वितरण गरेका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...