धनगढीका एक युवक लागूऔषध सहित पक्राउ

Dadeldhura hospital

धनगढी- धनगढीका एक युवक लागूऔषध सहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका-८ क्याम्पस चोकबाट सोही ठाउँ बस्ने २७ वर्षीय राकेश चौधरीलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

चौधरीलाई १३० मिलिग्राम लागूऔषध (खैरो हेरोईन) सहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कबिन्द्र सिहं बोहराले जानकारी दिए । 

Loading...