धनगढीमा गर्मीले बेहोस भएका एक व्यक्तिको मृत्यु

सुदूरपश्चिम– अत्यधिक आर्मीपछि बेहोस भएका धनगढी उपमहानगरपालिका–१६ का ५३ वर्षीय बलराम मग्राठीको मंगलबार अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कविन्द्र सिंह बोहराले अत्यधिक गर्मीका कारण बेहोस भएका ५३ वर्षीय मग्राठीको सेती प्रदेशीका अस्पतालमा उपचारका क्रममा निधन भएको जानकारी दिए ।

गंगादशहरा पर्वको अवसरमा गत आइतबार देखि धनगढीको बेहडाबाबा धाममा लागेको मेलामा सञ्चालित होटेलको स्टलमा काम गरिरहेका मग्राठी गर्मीले बेहोस भएका थिए । उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रवक्ता बोहराले जानकारी दिए ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

गर्मी बढेपछि धनगढी उपमहानगरपालिका क्षेत्रका विद्यालयमा आजबाट थप तीन दिन बिदा दिइएको छ । धनगढी उपमहानगरपालिकाले आज सार्वजनिक गरेको सूचनामा गर्मीले विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गरी असार ७ गतेसम्मका लागि बिदा दिइएको उल्लेख छ । गर्मी बढेपछि यसअघि गत जेठ महिनामा पनि केही दिन विद्यालयमा बिदा दिइएको थियो । पश्चिम तराईका कैलाली सहितका जिल्लामा पहिलोपटक लगातार अत्यधिक गर्मीको महसुस भएको स्थानीयले बताएका छन् ।

“विगत वर्षहरूमा यति धेरै समयसम्म चर्को गर्मीको महसुस भएको थिएन,” स्थानीय राजेश भट्टले भने, “तराई क्षेत्रमा बर्सेनि गर्मी बढ्दै जाँदा तराईको बसाइँ असहज हुन थालेको छ ।” झन्डै एक महिनादेखि धनगढीको तापक्रम निरन्तर उकालो लागिरहेको छ । “यो वर्ष गएको जेठ १७ गते धनगढीमा यो वर्षकै सबैभन्दा बढी अधिकतम तापक्रम ४४.१ डिग्री सेल्सियस मापन भएको थियो,” अत्तरियास्थित जल तथा मौसम विज्ञान विभागको महाकाली बेसिन फिल्ड कार्यालयका प्रमुख सञ्जय साहले भने, “गर्मी बढ्दै जाँदा अधिकतम तापक्रम र न्यूनतम तापक्रमको अन्तर घट्दै गएको छ ।”

अधिकतम तापक्रम र न्यूनतम तापक्रमको अन्तर घट्दै जाँदा गर्मी बढी महसुस हुने गरेको साहले बताए । मंगलबार धनगढीको अधिकतम तापक्रम ४३.१ डिग्री सेल्सियस मापन भएको छ । गर्मी बढ्दै जाँदा रोपाइँका लागि खेतमा राखिएका धानका ब्याड (बीउ) सुक्न थालेको किसानले बताएका छन् । गर्मी बढेसँगै धनगढीसहितका बजारमा चहलपहल पनि घटेको छ । रासस

Loading...