होलिल्याण्ड एकेडेमीका प्रिन्सिपल चन्द पितृ शोकमा

प्रेमसिह बिष्ट/अत्तरिया- कैलालीको अत्तरियामा रहेको हाेलिल्याण्ड एकेडेमीका संस्थापक प्रिन्सिपल मान बहादुर चन्द पितृ शोकमा परेका छन् । उहाँका ८१ वर्षीय बुवा देव बहादुर चन्दको उपचारको क्रममा निधन भएको हो ।

उच्च रक्तचाप, हृदयघात लगायत रोगबाट पीडित चन्दको उपचारका क्रममा धनगढीकाे केजी अस्पतालमा मंगलबार दिउँसो ३ बजेको समयमा निधन भएको प्रिन्सिपल चन्दले बताए । उनको तीन छोरा र दुई छोरी छन् । उनको भाेलि (बुधबार) बिहान गाेदावरी आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।

Navadurga sun

उहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश कमिटी सदस्यसँगै पूर्व प्रधानपञ्च समेत रहेका पाइन्छ । उहाँले यस क्षेत्रका विभिन्न सघसंस्थाहरूमा रहेर समाज रूपान्तरणको बाटोमा डोर्‍याउने कार्यमा महत्वपूर्ण समय बितेको थियो । पछिल्लो समय पनि सक्रिय राजनीतिकै निरन्तरतामा रहेको पाइन्थ्यो ।

हृदयघातकै कारण आज (मंगलबार) उहाँको निधन भएको छ । उहाँले यो समाजका लागि गरेका महत्त्वपूर्ण कार्यले भाेलि पनि समाजले उहाँलाई चिनिरहने छन् ।

उहाँ विक्रम सम्वत् २००० साल ९ महिना १८ बैतडी जिल्लाको सुर्नया गाउँपालिका वडा नम्बर २ लिस्किटामा जन्मिनु भएका चन्द हाल गोदावरी नगरपालिका वडा नम्बर ५ गेटामा बस्दै आएका थिए ।

ADD Khali jpg
Loading...