खेलकुद मन्त्री श्रेष्ठद्वारा धनगढी ग्रासरुट क्रिकेट विकास कार्यक्रमको औपचारिक उद्घाटन

धनगढी- धनगढी उप–महानगरपालिकाको सहकार्यमा गो ड्रिमर्सद्वारा सञ्चालित  ‘धनगढी ग्रासरुट क्रिकेट विकास कार्यक्रम’ को उद्घाटन गरिएको छ । मङ्गलवार नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री बिराज भक्त श्रेष्ठले उक्त कार्यक्रमको उद्घाटन गरेका हुन् । 

Ganyapdhura gau

धनगढी-१८ फूलबारी स्थित चन्द्रोदय मा.वि.मा आयोजित उक्त कार्यक्रममा नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री बिराज भक्त श्रेष्ठ, धनगढी उप-महानगरपालिकाका मेयर गाेपाल हमाल र गो ड्रिमर्सका अध्यक्ष सुवास शाहीले धनगढी ग्रासरुट क्रिकेट विकास कार्यक्रमको आधिकारिक जर्सी सार्वजनिक गर्दै खेलाडीहरू लाई हस्तान्तरण समेत गरेका छन् । 

Navadurga sun
Godawari sandesh

यो कार्यक्रम पहिलो चरण अन्तरगत धनगढी उप-महानगरपालिकाका दुई वटा सामुदायिक विद्यालय वडा नंं. १८ स्थित चन्द्रोदय मा.वि. फूलबारी र वडा नं. १२ स्थित सिद्धनाथ मा.वि. जुगेडा मा २०८० माघ देखी दुई जना प्रशिक्षकले प्रशिक्षण गर्दै आइरहेको भए पनि केही ढिला गरी औपचारिक उद्घाटन गरिएको हो । भने आज नै मन्त्री र मेयरको संयुक्त टोलीले दुई ओटै विद्यालयमा क्रिकेट प्रशिक्षण स्थलको समेत अनुगमन गरेका थिए ।

Dadeldhura hospital

कार्यक्रममा बोल्दै धनगढी उप-महानगरपालिकाका मेयर हमालले सरकारी विद्यालयहरूमा शैक्षिक गुणस्तर खस्की रहेको परिपेक्षमा ग्रामीण भेगका विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार सँगै अतिरिक्त सिकाइमा पनि अब्बल बनाउन यो कार्यक्रम लागू गरिएको बताउँदै अहिले दुई विद्यालयमा मात्रै सञ्चालन गरिए पनि आगामी दिनहरूमा अन्य नमुना विद्यालयहरूमा समेत सञ्चालन गर्ने तयारी रहेको हुँदा युवा तथा खेलकुद मन्त्रालयले सहयोग गर्नु पर्नेमा जोड दिए । ‘यहाँ ग्रामीण भेगमा वैकल्पिक रोजगारी को कमी छ यहाँका सामुदायिक विद्यालय हरेक तवरले अब्बल बनाएर निःशुल्क शिक्षा, गुणस्तरीय र प्रभावकारी ढङ्गले दिन लागी पर्ने छु । आफ्नो क्षमता देखाउनलाई पैसा बाधक नबनोस् भन्ने कुरामा नगरपालिका सबै सजक रहने छ र यो कार्यक्रम पनि यसै कारण सञ्चालन गरिएको हो ।’ हमालले भने । 

यस्तै, प्रमुख अतिथि समेत रहेका युवा तथा खेलकुद मन्त्री श्रेष्ठले १५ वर्ष पछि खेलाडी उत्पादन गर्न लाई दूर दृष्टि राखेकोमा धनगढी उप-महानगरपालिकाका मेयर हमालको प्रशंसा गर्दै मन्त्रालयले गर्नु पर्ने जुनसुकै प्रकारको सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे । ‘सर्वप्रथम त धनगढीका मेयर साब गोपी हमाल ज्यु लाई एकदमै बधाई । म प्रशंसा गर्न चाहन्छु । १० देखी १५ वर्ष पछि उत्पादन हुने खेलाडीको लागी अहिले बाट सोच्नु ठुलो कुरा हो । सुदूरपश्चिम धनगढी पहिले देखी नै खेलाडी उत्पादन गर्दै आइरहेको छ देशको लागी । मन्त्रालयको तर्फबाट प्रशंसा गर्दछु र आवश्यक सम्पूर्ण सहयोग गर्ने छु ।’  मन्त्री श्रेष्ठले भने ।

त्यस्तै, गो ड्रिमर्सका अध्यक्ष सुवास शाहीले धनगढीका सामुदायिक विद्यालयहरूमा यो कार्यक्रम सञ्चालन गर्न प्रोत्साहन गर्नु हुने धनगढी उप-महानगरपालिकाका प्रमुख गोपाल हमाल तथा निमन्त्रणालाई स्वीकार गर्दै खेलाडीहरू लाई हौसला प्रदान गर्न पाल्नु भएका नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री श्रेष्ठ र सचिव अर्याल सहित कार्यक्रम सम्पन्न गर्न सहयोग पुर्‍याउने तथा उपस्थित सम्पूर्ण क्रिकेट प्रेमी व्यक्तित्वहरू प्रति हार्दिक आभार व्यक्त गर्दै यस कार्यक्रमबाट निकट भविष्यमा नेपाललाई प्रतिनिधित्व गर्ने थुप्रै मेहनती तथा अनुशासित खेलाडी उत्पादन हुनेमा विश्वास व्यक्त गरे ।  ‘ग्रासरुट क्रिकेट विकासमा देशभरिका स्थानीय निकायहरू ले लगानी गरे निकट भविष्यमा नेपाली क्रिकेटले अभूतपूर्व सफलता हासिल गर्नेमा दुई मत छैन ।’  शाहीले भने ।

उक्त उद्घाटन कार्यक्रममा विद्यालयका अन्य विद्यार्थी तथा अभिभावकहरू, शिक्षक, क्यानका का पदाधिकारी व्यवस्थापन समिति अध्यक्ष, वडा अध्यक्ष धनगढी उपमहानगरपालिका का कर्मचारी लगायत क्रिकेट प्रेमीहरूको उपस्थिति रहेको थियो ।

Couple
Loading...