


कञ्चनपुर- कञ्चनपुरबाट लागूऔषध सहित एक भारतीय नागरिक पक्राउ परेका छन् । बेलौरी नगरपालिका–८ पचुई खप्टिनालाबाट भारतको उत्तर प्रदेश जिल्ला पिलभित टिल्ला नम्बर ४ बस्ने २४ वर्षीय सोनु सिंह पक्राउ परेका हुन् ।


सिंहलाई ४.०९ ग्राम लागूऔषध (खैरो हेरोईन) सहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।

