धनगढी उपमहानगरपालिकाले नेपाल र नेदरल्यान्ड बीचको खेल प्रत्यक्ष प्रसारण

धनगढी- धनगढी उपमहानगरपालिकाले ‘टी ट्वान्टी विश्वकप’ खेलको निःशुल्क प्रत्यक्ष प्रसारण गर्ने भएको छ । धनगढीको पार्कमोड गेट अगाडि ‘टी टवान्टी विश्वकप’ क्रिकेट खेल हेर्न सबैका लागि उपमहानगरपालिकाले प्रत्यक्ष प्रसारण गर्ने जनाएको छ । नेपाली समयअनुसार आज मंगलबार साँझ ९ः१५ बजे बजेदेखि खेल हुनेछ । यो खेल हेर्नका लागि धनगढी उपमहानगरपालिकाले ठूलो एलइडी स्क्रिन बाट प्रत्यक्ष प्रसारण गरिने बताइएको छ ।

Ganyapdhura gau
Dadeldhura hospital

नेपालले अमेरिकाको डालासमा रहेको ग्रान्डपेरी क्रिकेट मैदानमा नेदरल्याण्ड्ससँग टसका लागि मैदान उत्रँदा १० वर्ष पछि दोस्रो पटक विश्वकपको यात्रा सुरु गर्ने छ । सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकप पछि नेपाली टोलीले दोस्रो पटक विश्वकप खेल्न लागेको हो । नेपाल र नेदरल्याण्ड्सबीचको खेल नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुने छ ।

Navadurga sun
Godawari sandesh

टी–२० विश्वकप खेल्ने नेपाली टिममा रोहितकुमार पौडेल (कप्तान) आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।

Couple
Loading...