माधव नेपालकै कारण सुदूरपश्चिम सरकार बिस्तारमा ढिलाई भयो : मन्त्री भण्डारी

अत्तरिया- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालकै कारण सुदूरपश्चिम सरकार विस्तारमा ढिलाइ भएको दावी गरेका छन् । बिहीबार प्रेस चौतारी नेपाल कैलाली शाखाले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भण्डारीले माधव नेपालको विपक्षी सँग टासिने प्रबृतीकै कारण सुदूरपश्चिम सरकारमा माओवादी र एमालेले मन्त्री नपठाएको बताए ।

Dadeldhura hospital

‘त्यो प्रवृत्ति लामो समय सम्म रहँदैन। छिटै त्यसको निरूपण हुन्छ त्यही कारणले यहाँ सुदूरपश्चिम सरकारले पाउने पूर्णता त्यस्तै प्रवृत्तिले प्रश्नहरू जन्माइरहेका छन्’ उनले भने । कम्युनिस्ट भएर पनि अग्रगमन पक्षधरताहरुको राजनीतिक शक्तिहरूसँग नमिलेको भन्दै उनले नेपालको आलोचना गरेका थिए । ‘संसद्मा रहेका माननीयहरूको लिगेसिका हिसाबले पनि कम्युनिस्ट पार्टी भनिराख्नुहुन्छ । कम्युनिस्ट पार्टीको लामो समय सम्मको यात्रा पनि उहाँले गर्नु भएको छ । तर, अग्रगमन पक्षधरताहरुको राजनीतिक शक्तिहरूको सहकार्यमा उहाँ किन विचलित हुँदै हुनुहुन्छ’ उनले भने, ‘उहाँ सत्तामा रहिरहने प्रतिपक्षसँग साइनो सम्बन्ध देखाइरहने कुरा उचित होइन । उहाँको ती प्रवृत्तिगत कुराले यहाँको सरकारले पूर्णता पाउने कुरामा समस्या पैदा भइरहेको छ ।

Navadurga sun
Godawari sandesh

अहिले काङ्ग्रेससँग पनि छलफल गरिरहेको भन्दै दोहोरो भूमिका देखाइरहेको आरोप लगाएका हुन् । उनले यस्तो दोहोरो भूमिकाले स्वयम् नेपाललाई नै क्षति पुग्ने बताए । ‘सत्तामा बसिरहने प्रतिपक्षसँग छलफल पनि गर्ने दोहोरो भूमिकाले स्वयम उहाँलाई नै क्षति पुराइ रहेको छ । उहाँको पार्टी, उहाँको विचार र उहाँका अस्थिरताले यो खालका सङ्कटहरू धेरै लामो रहँदैन । त्यसले चाँडै निकास पाउँछ’ उनले भने, ‘सत्तामा पनि रहिरहने प्रतिपक्षसँगको पनि सिरानी थापि राख्ने कुरो त्यो उहाँकै स्वास्थ्यको लागि हानिकारक छ । ’

उनले २४ दिनमै सरकारले पूर्णता पाउने दाबी गरे । मन्त्री भण्डारीले अहिलेको बजेटले आशा र सम्भावना देखाएको जिकिर गरे । ‘बजेट कार्यान्वयन नहुने समस्या थियो अहिले बजेट कार्यान्वयन गर्ने पहिलो प्राथमिकता रहेको छ’ उनले भने ‘यसले आशा र सम्भावना देखाएको छ ।’

Loading...