



अत्तरिया- नेपाल कम्युनिस्ट पार्टी एमालेको कैलालीको गोदावरी नगरपालिकाको दोस्रो नगर अधिवेशन सुरु भएको छ । अत्तरियास्थित नमस्ते पार्टी प्यालेसको हलमा सुरु भएको अधिवेशनको एमालेका केन्द्रिय सचिब एवम् कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले उद्घाटन गरेका हुन् ।


अधिवेशनमा पार्टीका विभिन्न तहका नेताहरु, वडा प्रतिनिधि लगायतको उपस्थिति रहेको छ ।





