तरुण दल गोदावरीद्धारा गणतन्त्र दिवसमा रक्तदान कार्यक्रमको आयोजना

अत्तरिया- नेपाल तरुण दल गोदावरी नगर कार्यसमितिले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । १७ औं गणतन्त्र दिवसको अवसर पारी रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

Dadeldhura hospital

रगत अभाव हुने समस्यालाई मध्यनजर गर्दै मंगलबार रक्तदान कार्यक्रमको आयोजना गरिएको नेपाल तरुण दल गोदावरी नगर कार्यसमितिका सभापति रमेश भट्टराईले बताए ।

Navadurga sun
Godawari sandesh

उनले रक्तदानलाई जीवनदानको रुपमा समेत लिईने भएकाले कार्यक्रममा सहभागि भएर रक्तदान गरिदिन सबैलाई अनुरोध गरेका छन् । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी धनगढीको सहकार्य रहने जनाएको छ । रक्तदान कार्यक्रम अत्तरिया स्थीत रेडक्रस उप शाखाको भवनमा चलिरहेको छ ।

रक्तदान कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले महत्त्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा धन्यवाद व्यक्त गरे । उक्त कार्यक्रममा नियमित रक्तदाता दिपक उपाध्याय र शेर सिंह खड्कालाई सम्मान गरिएको छ ।

Loading...