कैलाली र कञ्चनपुरका ७ स्थानबाट अवैध सामान बरामद

धनगढी- प्रहरीले कैलाली र कञ्चनपुरका विभिन्न ७ स्थानबाट अवैध सामान बरामद गरेको छ । शनिबार कैलालीको धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराह, धनगढी उपमहानगरपालिका–३ मिलनचोक धनगढी उपमहानगरपालिका–९ त्रिबेणीघाट बाट करिब ७० हजार ६३० मूल्यको अवैध चिनी, दाल, सरफ, खानेतेल, चामल, खुर्सानी, पेय पदार्थ, सुर्ती, बिडी, बोरिङ पाइप प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको हो ।

Dadeldhura hospital

उता कञ्चनपुरको विभिन्न चार स्थानबाट पनि प्रहरीले अवैध सामान नियन्त्रणमा लिएको छ। जिल्लाको भीमदत्त नगरपालिका–१० जिमुवा जाने बाटो, बेलौरी नगरपालिका–२ दिनापुरबैजुडाडा, दोधारा–चाँदनी नगरपालिका–३ जमुनाघाडी र बेलडाँडी गाउँपालिका–३ राधाकृष्ण मन्दिर नजिकबाट प्रहरीले अवैध सामान नियन्त्रणमा लिएको हो ।

Navadurga sun
Godawari sandesh

करिब २ लाख ८५ हजार २७० मूल्यको पेय पदार्थ, बिडी, सुर्ती, चक्लेट, खेलौना, टि–सर्ट, कोटको कपडा, सर्टको कपडा, बेल्ट, कट्टु भेष्ट, गन्जी, कुर्ती, हाप पाइन्ट, नल्का, पंखा, लगायतका अवैध सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको हो ।

Loading...