महेन्द्रनगरको एक होटलमा युवाहरु बिच एकआपसमा झगडा हुँदा एक घाइते

कञ्चनपुर- कञ्चनपुरको महेन्द्रनगर स्थित एक होटलमा युवाहरू बिच एक आपसमा झगडा हुँदा एक जना घाइते भएका छन् । महेन्द्रनगरको सौर्य मम एण्ड सेकुवा सेन्टरमा सोमबार राति ग्राहक बनेर उक्त होटल पुगेका युवाहरू बिच एकआपसमा झगडा हुँदा भीमदत्त–१८ का २८ वर्षीय ओम जोशी घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । मदिरा पिएर उनीहरु बिच एक आपसमा झगडा हुँदा जोशी घाइते भएका हुन् ।

जोशीलाई उनीसँगै रहेका अन्य तीन जनाको समुहले कुटपिट गरेका हुन् । कुटपिटमा संलग्न तीनै जनाको पहिचान भइसकेको भए पनि फरार रहेको प्रहरीले जनाएको छ । घाइते जोशीको महाकाली प्रादेशिक अस्पतालमा उपचार हुन नसकेपछि भारतको रुद्रपुर लगिएको छ ।

Navadurga sun

उनीहरु बिच एक आपसमा झगडा हुँदा जोशीलाई होटलको माथिल्लो तलाबाट धकेलेर भुंँइमा फालिएको हुँदा गम्भिर चोटपटक लागेको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक युवतीलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...