कैलाली जग्गा तथा आवास विकास संघको नयाँ कार्यसमिति चयन, अध्यक्षमा ऐर

अत्तरिया- कैलाली जग्गा तथा आवास विकास संघको नयाँ कार्यसमिति चयन गरिएको छ । धनगढीमा गत वैशाख १९ गते बसेको जग्गा तथा आवास विकास संघको बैठकले डबल बहादुर ऐरको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरिएको हो।

Dadeldhura hospital

अध्यक्ष उपेन्द्र अवस्थीको अध्यक्षत्यतामा बसेको बैठक गठन गरेको नयाँ कार्यसमितिको उपाध्यक्षमा चक्र बिष्ट, महासचिवमा कृष्णराज पन्त, सचिमा डम्बर बिष्ट र कोषाध्यक्षमा पतिराम चौधरी चयन भएका हुन् ।

Navadurga sun
Godawari sandesh

यस्तै सदस्यहरूमा इन्द्र बहादुर चन्द्र, हिरण्ढ कुमार साउद, हरि भट्ट, महेन्द्र यादव, राजन भट्ट र लालबहादुर थापा चयन भएका छन् । त्यसैगरी सल्लाहकार समितिमा वरिष्ठ सल्लाहकार प्रभातकुमार चौधरी, उप्रेन्द्र प्रसाद अवस्थी, उमेश गिरी, पर्वत भण्डारी, दिपेन्द्र शाही, गोपाल शाही र लाल बहादुर देउवा चयन भएका छन् ।

नयाँ कार्यसमितिले आगामी दिनमा प्रदेश सरकार र स्थानीय तह संग समन्वय गरेर अगाडि बढ्ने उपाध्यक्ष चक्र बिष्टले बताए । प्रदेशका अन्य जिल्लाहरूमा पनि संगठन विस्तार गर्न तयारीमा रहेको उनले बताए । संघले गत वैशाख १७ गते आफ्नो प्रथम अधिवेशन समेत गरेको थियो ।

Loading...