
कञ्चनपुर- कञ्चनपुरमा बच्चाले आगो खेलाउँदा २ घरमा आगलागी भएको छ । बेलडाँडी गाउँपालिका-४ बैवाह बस्ने जैशी बुढाको घर नजिक बच्चाहरु प्लास्टिक जलाई आगो खेलाउँदा हावा हुरीले आगो उडाई दुई वटा घरमा आगलागी भएको हो ।



आगलागी हुँदा घर र घर भित्र रहेका नगद, सुन, खाद्यान्न, भाँडा वर्तन, लत्ता कपडा, नागरीकता, लाल पुर्जा, जन्म दर्ता, काठ लगायतका सामान गरि अन्दाजी ७ लाख २२ हजार २ सय ५० बराबरको धनमाल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बेल्डाँडीले जनाएको छ । प्रहरी र स्थानियको सहयोगमा आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




