


बाजुरा- बाजुरामा खैरो हिरोईन र नगदसहित एक युवक पक्राउ परेका छन् । बुढिगंगा नगरपालिका-६ फालासैनबाट बुढिगंगा-५ बस्ने २५ वर्षीय युवक बिनोद थापा लागूऔषध (खैरो हिरोईन) सहित पक्राउ परेका हुन् ।


खैरो हिरोईनको कारोबार र बिक्री बितरण गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा थापालाई चेकजाँच गर्दा ४ ग्राम ९७ मिलिग्राम खैरो हेरोईन र नगद ३६ हजार २८० सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

