


अत्तरिया- कैलालीको गोदावरी नगरपालिका अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन् । सोमबार गोदावरी नगरपालिका १ मनहराबाट लागूऔषधसहित धनगढी उपमहानगरपालिका-४ का २३ वर्षीय सुरज चौधरी पक्राउ परेका हुन् ।


उनको साथबाट १ सय २० मिलिग्राम लागूऔषध सहित बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



