

अत्तरिया- कैलालीको अत्तरियामा मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको छ । आइतबार श्रम तथा रोजगार कार्यालय धनगढीको आयोजनामा १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस २०८१ को अवसरमा समृद्ध राष्ट्रका लागि मर्यादित काम विषयक मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको हो ।


श्रम तथा रोजगार कार्यालयका कार्यालय प्रमुख जनक सिंह उखेडाको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगर उपप्रमुख शारदा देवी रोकाया रहेकी थिइन् भने विशिष्ट अतिथिमा गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि दत्त भट्ट रहनु भएको थियो । त्यस्तै अतिथिहरूमा पत्रकार महासंघ जिल्ला अध्यक्ष हिमाल जोशी, निर्णायक मण्डलका दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका प्राध्यापक गिरि सिंह बाेहरा, शारदा मावि श्रीपुरका शिक्षक सुरेशानन्द भट्ट, गोदावरी नगरपालिकाका योजना शाखा प्रमुख महावीर साउद लगायतको उपस्थिति रहेको थियो ।




श्रम तथा रोजगार कार्यालयका नायब सुब्बा नवराज भट्टले स्वागत मन्तव्य व्यक्त गरिएको कार्यक्रमको संचालन विद्यार्थी कृष्णा भट्ट र जेनिसा झुकालले गरेकी थिइन । उक्त प्रतियोगितामा चार वटा नगरपालिकाका ५/५ वटा विद्यालय गरी जम्मा २० विद्यालयलाई समावेश गरिएको थियो । तर १२ वटा विद्यालय तथा विद्यार्थीहरू समावेश थिए ।
प्रतिस्पर्धामा एभरेष्ट एकेडेमी अत्तरियाकी रिया भट्ट प्रथम भइन् । द्वितीय त्रिभुवन मावि धनगढीकी पूर्णिमा चौधरी र तृतीय दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयकी नीतिका अवस्थी भइन् भने सान्त्वना तर्फ कुमुदनि आदर्श मावि कि सबिना भट्टराई र बिहानी क्षितिज बोर्डिङ गौरीगंगाकी मिमांसा जोशीले प्राप्त गरेकी हुन् ।