कञ्चनपुरका ४७९ विद्यार्थीले पठाए प्रधानमन्त्रीलाई पत्र

कञ्चनपुर- विद्यालयमा शैक्षिक सुधार तथा गुणस्तरीय शिक्षाका लागि कञ्चनपुरका ४सय ७९ विद्यार्थीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई खुला पत्र पठाएका छन् ।

‘ग्लोबल एक्शन विक’ २०२४ को शिक्षा अभियान अन्तरर्गत शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको आयोजनामा ‘मैले चाहेको शिक्षा’ शिर्षकमा भीमदत्त नगरपालिका, शुक्लाफाँटा नगरपालिका र कृष्णपुर नगरपालिका गरि १४ विद्यालयमा कक्षा ८, ९ र १० मा अध्ययनरत ४ सय ७९ विद्यार्थीले प्रधानमन्त्रीलाई खुला पत्र पेस गर्ने कार्यक्रम अन्तर्गत हस्तलिखित पत्र पठाएका हुन् ।

Navadurga sun

विद्यार्थीहरूले प्रधानमन्त्रीलाई लेखेको पत्रमा कक्षा १२ सम्म निशुल्क तथा गुणस्तरीय शिक्षा हुनु पर्ने, विज्ञान तथा प्रविधियुक्त शिक्षा हुनुपर्ने, विद्यार्थीहरूको व्यवहारमा सकारात्मक परिवर्तनका लागि नैतिक शिक्षा हुनुपर्ने, समावेशी शिक्षा हुनु पर्ने र शिक्षामा लगानी गर्नुपर्ने लगायतका विषयहरू समेटिएका छन् ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका कञ्चनपुर जिल्ला अध्यक्ष मधुदेवी बोहराले आइतबार प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी मार्फत प्रधानमन्त्रीलाई पत्र पठाएकी हुन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...