पर्यटकीय गन्तव्यका रूपमा परिचित खप्तडमा साइकल यात्रा गरिँदै

अत्तरिया- सुदूरपश्चिम प्रदेशको धार्मिक तथा ऐतिहासिक पर्यटकीय गन्तव्यका रूपमा परिचित खप्तडमा साइकल यात्रा गरिने भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ कार्यालय धनगढीका अनुसार खप्तड क्षेत्रको पर्यटन प्रवर्द्धन तथा प्रचारप्रसारका लागि साइकल यात्रा गरिने भएको हो ।

Dadeldhura hospital

खप्तड क्षेत्रमा साइकल यात्राका लागि आवश्यक तयारी पूरा भएको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयका योजना अधिकृत दान बहादुर थापाले जानकारी दिए । यही वैशाख २१ देखि २८ गतेसम्म साइकल यात्रा गर्ने गरी तयारी भएको उनले जानकारी दिए । खप्तडको पर्यटन प्रवर्द्धन तथा प्रचारप्रसार गर्न साइकल यात्राका लागि चालु आर्थिक वर्ष २०८०/०८१ मा १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको योजना अधिकृत थापाले बताए ।

godawari10 Mahila hinsa
Navadurga sun
Godawari sandesh

सो साइकल यात्रा डडेल्धुराबाट खप्तडको त्रिवेणी धामसम्म गरिने प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयले जनाएको छ । साइकल यात्राका लागि परामर्शदातासँग छलफलसमेत गरी तयारी अघि बढेको थापाको भनाइ छ । यसैगरी प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयले चालु आर्थिक वर्ष २०८०/०८१ मा पर्यटकलाई लक्षित गर्दै खप्तडमा बीचपानी–त्रिवेणी धामसम्म ४.५ किलोमिटर पदमार्ग निर्माण गर्न अनुमानित ९९ लाख ९९ हजार ६ सय ७५ रुपैयाँ बजेट विनियोजन गरिएको एकाइ कार्यालयले जनाएको छ ।

Loading...