हेमा बडुलाई लोटस स्कुल दियो कक्षा १२ सम्म छात्रवृत्ति

अत्तरिया- दार्चुलाको ब्यास गाउँपालिका वडा न‌ं.धौलाकोटका कृष्णा नन्द बडू चार वर्ष अगाडि वैदेशिक रोजगारीका सिलसिलामा लागि दुबई पुगेका थिए । उनको  २०७९ साल कार्तीक ६ गते रहस्यमय मृत्यु भएको थियो ।

Ganyapdhura gau

उनका १८ वर्षीय छोरा प्रेम राज बडू आफ्नो बुवाका मृत्युको कारण खोज्दै लामो समय सरकारी निकायमा निकै गुहारे । सञ्चार गृहमा समेत उनी पटक पटक पुगे ।  तर मृत्यु कसरी भएको भन्ने विषयमा अहिले सम्म उनको परिवारलाई  कुनै जानकारी छैन ।

Navadurga sun
Dadhaldhura pur

पढाइका लागि आमासँग तराई झरेका प्रेम राज बडु र उनको  बहिनी हेमा बडुलाई आर्थिक अभावले पढाइ नै छोड्नु पर्ने अवस्था सिर्जना भयो। अहिले उनीहरू  गोदावरी नगरपालिका वडा नं २ मा डेरामा बसेका छन । 

आर्थिक अभावले पढाइ छोड्नुपर्ने अवस्था सिर्जना भएको विषयको जानकारी पाएपछि एमाले निकट बिद्यार्थी संगठनका नेता पुष्प राज सुवेदीले बहिनी हेमा बडुको सहज शिक्षाका लागि लोटस आई माध्यमिक विद्यालयमा जानकारी गराएपछि विद्यालयले अहिले हेमालाई कक्षा ६ देखि कक्षा १२ सम्म पूर्ण छात्रवृत्तिमा पढाउने भएको छ। यसबाट प्रेम र उनकी बहिनी खुशी भएकी छन । 

साथै हेमा लाई पछिल्लो समय सहयोग समेत जुट्न थालेको छ।  अत्तरिया लोटस गल्लीमा रहेको विशाल सुट हाउसले हेमाको पढाईमा सहयोग पुगोस भने २ थान विद्यालयको पोसाक, शैक्षिक सामग्रीहरू र नगद दुई हजार आर्थिक सहयोग समेत गरेका छन ।

ADD Khali jpg
ADD Khali jpg
Loading...