छाडा चौपायामा टल्किने स्टिकर टास्ने अभियान थाल्दै ट्राफिक प्रहरी

अत्तरिया, ९ साउन- कैलाली-कञ्चनपुरमा सडकमा छोडिएका चौपायामा टल्कने स्टिकर लगाउने अभियान थालेको छ । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सडकमा छोडिएका चौपायामा टल्कने स्टिकर लगाउने अभियान सुरु गरेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली र कञ्चनपुरले सडक खण्ड तथा मुख्य बजार क्षेत्रमा छोडिएका पशु चौपायामा रातको समयमा टल्कने स्टिकर लगाउनाले केही मात्रामा भएपनि दुर्घटना न्यूनीकरण होस भन्ने हेतुले उक्त अभियान थालेको जनाएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरिक्षक बिरेन्द्र बहादुर बोहराका अनुसार कैलाली यातायात प्रा.लिको सहयोगमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गते धनगढी अत्तरिया ६ लेन सडक खण्ड तथा बजार क्षेत्रमा रहेका छाडा चौपयामा रिफ्लेक्टिव वेल्ट लगाएको बताए । रातिको समयमा यसले सवारी चालकले सहजै छाडा चौपायालाई देख्न सक्ने उनको भनाई छ ।

उता जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले पनि पुर्व पश्चिम राजमार्ग सडक खण्ड तथा मुख्य बजार क्षेत्रमा छोडिएका पशु चौपायामा रातको समयमा टल्कने स्टिकर लगाएको हो । रातको समयमा हुने सडक दुर्घटना न्युनिकरणका लागि छाडा पशु चौपायाहरुलाई रिफ्लेक्टिव वेल्ट लगाउने अभियान अन्तरगत शुक्रबार अस्थाई ट्राफिक प्रहरी पोष्ट गुलरीयामा कार्यरत प्रहरी नायव निरिक्षक सावन सिंह क्षेत्री भाट समेतको टोलीले छाडा पशु चौपायाहरुलाई रिफ्लेक्टिव वेल्ट लगाएको हो ।

अन्य स्थानको तुलनामा पुर्व पश्चिम राजमार्ग सडक खण्ड तथा मुख्य बजार क्षेत्रमा छाडा छोडिएका चौपायाको संख्या धेरै भएको हुँदा सो क्षेत्रमा यो अभियान शुरु गरेको प्रहरीले जनाएको छ । रातको समयमा पशुचौपायाहरु सडकमा आएर बस्ने र चालकले नदेख्ने हुँदा दुर्घटनाको ठूलो जोखिम हुने गरेकोे छ ।

Loading...