

धनगढी- कैलालीमा एकैदिन १५ जनाको गहुँबालीमा आगलागी भएको छ। जिल्लाको जोशीपुर गाउँपालिका–६ पकरीयाका १५ जनाको गहुँमा आगलागी भएको हो ।



सोही ठाउँकी २४ वर्षीया विपना गड्सीलाले फोहोर जलाउने क्रममा गहुँबालीमा आगलागी भएको इलाका प्रहरी कार्यालय जोशीपुरका प्रहरी निरीक्षक गणेश थापाले बताए । आगलागीबाट करिब सात विघा दुई कठ्ठा जमिनमा लगाइएको गहुँबालीमा क्षती पुगेको छ ।


सबै भन्दा बढी महाराज कठरीयाको एक विघा, हरीचन्द्र वडायक र राम बहादुर महतोको समान १५।१५ कठ्ठामा लगाएको गहुँबालीमा क्षती पुगेको छ। घटनाको पूर्ण विवरण प्राप्त भएको छैन् । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।