आगामी बजेटमा खेलकुद क्षेत्रको बजेट बढाउँछौ: मुख्यमन्त्री सोडारी

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले खेलकुद क्षेत्रको विकासका लागि आगामी बजेटमा विशेष व्यवस्था गरिने बताएका छन् । १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा विभिन्न पदक जित्ने खेलाडीको बधाई तथा सम्मानमा आयोजित कार्यक्रममा मुख्यमन्त्री सोडारीले खेलाडीले प्रदेशको गरिमा बढाएकाले सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन । काठमाडौँमा भएको राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सुदूरपश्चिमले १९ स्वर्ण, रजत १२, कास्य १८ सहित ४९ पदक जितेर पहिलो भएको थियो ।

Dadeldhura hospital

सो प्रतियोगितामा बागमतीले १७, कर्णालीले १०, कोशीले ८, लुम्विनी ६, गण्डकी ३ र मधेसले ३ स्वर्ण पदक जितेका थिए । प्रतियोगितामा तीन हजार मिटर एथ्लेटिक्समा १० मिनेट ५२ सेकेन्ड ८२ पल्समा पार गरेर देविकाकुमारी धामीले जुनियरतर्फ नेशनल रेकर्ड कायम गरीन्

Navadurga sun
Godawari sandesh

सुदूरपश्चिमकै आशिष महरले त्रिपलजम्प १४।१९ मिटर लामो हानेर जुनियरतर्फ नेशनल रेकर्ड कायम गरेका थिए ।सम्मान तथा बधाई कार्यक्रम सुदूरपश्चिम खेलकुद परिषदका सदस्य सचिव दीपकबहादुर सिंहको अध्यक्षतामा भएको थियो ।

Loading...