


धनगढी- कैलालीका विभिन्न ठाउँबाट प्रहरीले अवैध सामान बरामद गरेको छ । जिल्लाको गोदावरी नगरपालिका–५, धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहा, भजनीको हलौनाघाट र गोदावरी नगरपालिका–३ चौकिडाँडाबाट शनिवार भन्सार छलीको सामान बरामद गरिएको छ ।


अन्दाजी १ लाख ४३ हजार एक सय ४४ रुपैयाँ बराबरको चिनी, प्याज, चप्पल, डाल्डा, ट्याक्टरको टायर, ट्युब, अचार लगायतका सामान बरामद गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । बरामद गरिएको सामान कारबाहीका लागि भन्सार कार्यालय पठाइएको छ ।





