कैलाली र कञ्चनपुरबाट झण्डै २ लाखका सामान बरामद

धनगढी- कैलाली र कञ्चनपुरबाट झण्डै २ लाखका सामान बरामद गरिएको छ । कैलालीको बिभिन्न स्थान धनगढी उपमहानगरपालिका-२ ट्राफिक चौराह नजिकबाट, भजनी नगरपालिका-५ हलौनाघाट र गोदावरी नगरपालिका-३ चौकीडाडाबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका १ लाख ४३ हजार १४४ मूल्यको सामान बरामद गरिएको हो ।

Dadeldhura hospital

उक्त मुल्य बराबरको चिनी, प्याज, चप्पल, डाल्डा, ट्याक्टरको टायर, ट्युब, अचार लगायतका सामानहरू शुक्रवार प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Navadurga sun
Godawari sandesh

यस्तै कञ्चनपुरको बिभिन्न स्थानहरू भीमदत्त नगरपालिका-१७ मझगाँउ चोक नजिकबाट र बेलौरी नगरपालिका-२ थापा चोक बाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका ४६ हजार ५४४ मूल्यको खाने तेल, मिठाई, बिडी, बेसन, फ्रिज, डिउ लगायतका सामानहरू शुक्रवार प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

Loading...