गोदावरी नगरपालिका ४ नं. वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका ४ नं. वडा कार्यालय को नवनिर्मित प्रशासनिक भवन हस्तान्तरण तथा समुद्घाटन गरिएको छ । शनिबार एक औपचारिक कार्यक्रमका बिच नवनिर्मित प्रशासनिक भवन हस्तान्तरण तथा समुद्घाटन समारोह गरिएको हो ।

godawari10 Mahila hinsa
Navadurga sun
Godawari sandesh

उक्त कार्यक्रम गोदावरी नगरपालिका ४ नं. वडा अध्यक्षकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख विरेन्द्र भट्ट र  विशिष्ट अतिथि शारदा देवी रोकाया, विभिन्न वडा अध्यक्षहरू, वडाका जनप्रतिनिधि, जिल्ला समन्वय समितिका निमित्त प्रमुख विमल जोशी, संघसंस्थाका पदाधिकारीहरू लगायत स्थानीयहरुको उपस्थितिमा वडा कार्यालय भवनको संयुक्त रुपमा उद्घाटन गरिएको थियो ।

कार्यक्रमै बोल्दै नगरप्रमुख भट्टले वडा कार्यालय आजबाट सञ्चालन भएकाले जनताका सेवा र सुविधाका निम्ति वडा कार्यालयबाट छिटोछरितो गर्नेका लागि सुविधा सम्पन्न, अपाङ्ग मैत्री भवनको निर्माण गरेको बताए । निर्माण का क्रममा जे जस्ता समस्या आए पनि ती क्रियाकलाप लाई समाधान सङ्गै सबै स्थानीय, समाजसेवी र राजनीतिक दलका नेताहरूको सहयोग बाट आज निर्माण सम्पन्न गर्न सफल भएको बताए । 

Dadeldhura hospital

उनले जनप्रतिनिधिलाई जनताको काममा विशेष ध्यान दिन समेत आग्रह गरे । संरचना अनुसार सबै सेवा घर आँगनबाटै प्रदान गरिने भएकाले आफ्नो सेवालाई प्रभावकारी बनाउन वडामा कार्यरत कर्मचारीले ध्यान दिनु जरुरी रहेको समेत बताएका हुन् ।

त्यसैगरी कार्यक्रममा बोल्दै उपप्रमुख शारदा रोकायाले नगरका ६ वटा वडा कार्यालयको भवन निर्माण सम्पन्न भई सकेको र बाँकी रहेका वडाहरूमा पनि चाँडै वडा कार्यालयका भवनहरू बन्ने बताइन् । सबै एकजुट भएर अगाडि बढ्यौ भने नगरमा हरेक विकास निर्माणका कार्यहरू गर्न सहज हुने बताइन् ।

पिके कन्स्ट्रक्सन सँग भवन निर्माणका लागि २०८० जेठ ३१ मा सम्झौता भएको थियो भने २०८० चैत्र १५ गतेमा सम्पन्न गरेको भवन निर्माणमा ८७ लाख ४४ हजार ३ सय ६७ भ्याट सहितको लागत लागेको वडा अध्यक्ष हेम प्रकाश मल्लले बताए ।

वडा सदस्य शेर बहादुर घर्तीमगरले स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन पत्रकार शारदा फुलाराले गरेकी थिइन ।

Loading...