सुदूरपश्चिम प्रदेशमा नयाँ वर्ष सँगै विशु पर्व मनाइदै

अत्तरिया- नयाँ वर्ष २०८१ सँगै सुदूरपश्चिममा आज विशु पर्व मनाइदै छ । नयाँ वर्षको स्वागत र जाने वर्षको बिदाई स्वरुप यस क्षेत्रमा विशु पर्वलाई विषेश रुपमा मनाउने गर्छन् । बिशु पर्व विशेष गरी सुदूरपश्चिमका सातवटा पहाडी जिल्लामा मनाइन्छ । दार्चुला, बैतडी, अछाम, डोटी, डडेल्धुरा, बझाङ, र बाजुरामा यो पर्व वैशाख १ गते मनाउने प्रचलन छ ।

नयाँ वर्षको पहिलो दिन देवर भाउजु, नन्द भाउजु र साली भिनाजुले एक आपसमा सिस्नुपानी छयापेर यो पर्व मनाइन्छ । देवर नहुने र नन्द नहुने, भाउजु नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिशु तिहारको दिनमा आफैले भए पनि शरीरमा सिस्नो लगाउनु पर्ने परम्परा छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

हरेक वर्ष बिशु पर्वमा मिठा मिठा खानाका परिकार बनाउने र विशेष गरेर सिस्नु लगाउने प्रचलन रहिआएको छ । बिशुका दिन सिस्नो लगाउँदा वर्ष भरी शरीरमा कुनै पनि रोग नलाग्ने जनविश्वास छ ।

शरीरमा सिस्नो लगाउँदा छालामा भएका खटिरा निको हुने र छालासम्बन्धी रोग निर्मूल हुने जनविश्वास पनि छ । तर पछिल्लो समय भने बिसु पर्वमा सिस्नो लगाउने चलन बिस्तारै कम हुँदै जान थालेको छ ।

पहिलेको जस्तो रमाइलो गर्ने चलन हराइसकेको छ । सुदूरपश्चिमको महत्वपूर्ण पर्वका रुपमा रहेको बिशु पर्व आउनु पूर्व नै जिल्लामा रहेका सबै घर रातो माटो र कमेरो माटोले लिपपोत गर्ने चलन छ ।

Loading...