थ्रीडीभिएल क्रियसनले पत्रकार सम्मेलन गर्दै खर्च विवरण प्रस्तुत गर्‍यो

अत्तरिया, ७ साउन- थ्रीडीभिएल क्रियसनले आज एक कार्यक्रमका बिच पत्रकार सम्मेलन गर्दै “आपातकालीन मेरो हजार अभियानको” खर्च विवरण प्रस्तुत गरेको छ । पोखरा गेस्ट हाउसमा उक्त कार्यक्रममा सम्पन्न भएको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

अभियानको सुरुवात बैशाख ३० गतेदेखि भएको थिए भने उक्त अभियानमा आजसम्म जम्मा रु २ लाख ९७ हजार ८ सय रकम संकलन भएको थ्रीडीभिएल क्रियसनका अध्यक्ष दिपक ओझाले बताए । सुरुमा ५ जनाबाट सुरु भएको यो अभियान अहिले सम्म १२५ जना सहयोगीहरूले सहयोग गरिसकेका छन् ।

हालसम्म जम्मा खर्च रु २ लाख ४५ हजार २ सय २० भइसकेको र ५२ हजार ५ सय ८० आपातकालीन कोषमा बाँकी रहेको संस्थाका कोषाध्यक्ष क्षितिज साउदले जानकारी दिए । अभियानले राहतमा जम्मा रु १ लाख ४९ हजार ५२०, स्वास्थ्य सामाग्रीहरूमा रु १० हजार ५१०, पौष्टिक आहारमा रू ४५ हजार ६८०, पीडितहरुलाई सहयोग रु २७ हजार ५००, मसलन्द खर्च ८ हजार, र संस्थाको यातायात खर्च रु ४ हजार खर्च भएको जनाइएको छ ।

Dadeldhura hospital

कोरोना महामारीका कारण बन्दाबन्दीले गर्दा गरीब तथा दिनभरी काम गरेर खाने जनताको घरमा आगो नबल्न थालेपछि हाम्रो अभियानले आफुले सक्ने जति सहयोग गर्दै आएको अध्यक्ष ओझाले वताए । कोरोनाको समयमा यो अभियानबाट लगभग १ हजार भन्दा बढी परिवारलाई राहत वितण गरिसकेको छ । यो अभियानले कोरोना पीडितलाई मात्र नभए बढी-पहिरो पीडितलाई पनि सहयोग गर्ने उनले बताए ।

कोरोना समयमा आफ्नो स्वास्थ्यलाई जोखीममा राखेर पनि सहयोग गरेको संस्थाका सल्लाहकार तपराज ओझाले बताएका छन् । कार्यक्रममा बोल्दै संस्थाका सल्लाहकार समितिका संयोजक रहनु भएका डा. लक्ष्मीराज पाठकले यो अभियानले गर्दा हामीलाई मात्र नभएर यस क्षेत्रका अरु युवालाई पनि समाज सेवा गर्ने तर्पm उत्प्रेरित गरेको बताएका छन् ।

उक्त कार्यक्रममा सभापतिको आसन ग्रहणमा संस्थाका अध्यक्ष दिपक ओझा, प्रमुख अथितिमा सल्लाहकार डा. लक्ष्मीराज पाठक त्यसैगरी विशिष्ट अथितिमा दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका प्रमुख डम्मर बहादुर पाल तथा अथितीमा सल्लाहकार सदस्य तपराज ओझा रहेका थिए । अत्तरियाका विभिन्न मिडियाका पत्रकारहरु र संस्थाका सदस्यहरु उपस्थित भएको उ क्त कार्यक्रमको सञ्चालन संस्थाका सचिव एल आर ओझाले गरेका थिए ।

Loading...