सुदूरपश्चिम कला प्रतिष्ठानको अध्यक्षमा चन्द सर्वसम्मत चयन

धनगढी- सुदूरपश्चिमाञ्चल कला प्रतिष्ठानको चौथो साधारण सभाबाटअवेश चन्द सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका छन। कला र संस्कृतिको जगेर्ना गरौं भन्ने मुल नाराका साथ प्रतिष्ठानको चौथो साधारण सभाबाट पूर्व धनगढी जेसिजका अध्यक्ष तथा कलाकार समेत रहेका चन्द सर्वसम्मत अध्यक्षमा चयन भएका हुन ।

Ganyapdhura gau
Dadeldhura hospital

१३ सदस्यीय कार्य समितिमा अन्य सवै पदमा सर्वसम्मती रहेता पनि महासचिव पदमा भने निवर्तमान महासचिव गुणाकर पनेरु र भिम अधिकारी गरी २ जनाले दाबि गरेका थिए।निर्वाचन अधिकृत अधिवक्ता नाथुराम महतोले भिम अधिकारीले अन्तिममा आफ्नो उम्मेदवारी फिर्ता लिई गुणाकर पनेरुलाई नै समर्थन गरेको बताए ।

Navadurga sun
Godawari sandesh

कार्य समितिमा अध्यक्ष अवेश चन्द, उपाध्यक्ष चन्द्र चौधरी, उपाध्यक्ष महिला द्रोपती भट्ट (मेघा), महासचिव गुणाकर पनेरु, सचिव राजु चौधरी (राज), कोषाध्यक्ष केशव वलायर, सह कोषाध्यक्ष दिर्घ वहादुर शाही, सदस्यहरुमा यादव गिरी, सौगात सुनार, तारावहादुर कठायत, विनोद बोहरा, हरिश विक्रम खडायत, विरेन्द्र सिंह सर्वसम्मत चयन भएका हुन ।

Couple
Loading...