टीकापुरमा विपद् व्यवस्थापन पूर्व तयारीको अनुगमन

टीकापुर- सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्राविधिक टोलीले टीकापुर नगरपालिकाले विपद् व्यवस्थापनका निम्ति गरेका पूर्वतयारीको अनुगमन गरेको छ । 

उक्त मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरण, जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय पञ्जिकरण विभाग, नेपाल रेडक्रस सोसाइटी र डेनिस रेडक्रसका प्रतिनिधि सहभागी भएको अनुगमन टोलीले  विपद् व्यवस्थापनका क्रममा गरिएका असल अभ्यास, आउँदा दिनका पूर्वतयारी र प्रतिकार्य बारे अझ प्रभावकारी ढङ्गले काम गर्न सुझाव दिएको थियो । 

Navadurga sun

बाढीको जोखिमबाट बच्न तटबन्ध निर्माण र पूर्वसूचना दिएर क्षति कम गर्न सकिने, विपद् जोखिम न्यूनीकरणका लागि मौसम पूर्वानुमान सम्बन्धी सूचना तत्काल प्रवाह गर्ने, त्यसलाई स्थानीय तहमा रहेका सञ्जाल मार्फत चाँडो भन्दा चाँडो सबैमा पुर्याउने,  जल तथा मौसम विज्ञान विभागले दैनिक रूपमा अद्यावधिक गर्ने मौसम सम्बन्धी ‘बुलेटिन’ तथा अन्य सूचना मूलक सामग्रीका लागि विभागको वेबसाइट हेर्न सुझाएको थियो । 

ADD Khali jpg
ADD Khali jpg
Loading...