


कञ्चनपुर- कञ्चनपुरको पुनर्वास नगरपालिका स्थित एक घरमा आगलागी हुँदा करिब १६ लाखको क्षती भएको छ । जिल्लाको पुनर्वास नगरपालिका–८ ‘क’ गाऊ स्थित ढकाल लाइनका दली थापाको ४ कोठे घरको ग्यालरीमा रहेको विद्युत मिटर बक्समा अचानक तार सर्ट भएर आगलागी हुँदा घर जलेर नष्ट भएको छ ।


मंगलबार बिहान आगलागी हुँदा घरभित्र रहेको नगद, खाद्यान्न, लत्ताकपडा, फर्निचर, भाँडावर्तन, सुन, मोबाइल थान ३ लगायतका सामान गरेर करिब १६ लाख मूल्यको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट कुनै मानवीय क्षति नभएको प्रहरीले बताएको छ । प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइनुका इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट थप अनुसन्धान गर्ने काम भइरहेको छ ।





