धेरै शान्ति सैनिक पठाउने मुलुकको सूचीमा नेपाल विश्वकै दोस्रो स्थानमा

Dadeldhura hospital

काठमाडौं, ६ साउन- संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा धेरै सैनिक पठाउने मुलुकको सूचीमा नेपाल दोस्रो स्थानमा उक्लिएको छ। युएनका अनुसार अप्रिलमा इथोपिया भन्दा तल रहेको नेपाल मे मा उसलाई उछिन्दै स्थानमा पुगेको हो।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपालबाट अप्रिलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीगरि पाँच हजार पाँच सय ७१ जना विभिन्न शान्ति मिशनमा तैनाथ रहेका छन्। जसमध्ये २ सय ९४ जना महिला छन्। पहिलोमा बंगलादेश रहेको छ भने तेस्रोमा भारत, चौथोमा इथोपिया र पाँचौंमा रुवाण्डा रहेको छ।

Loading...