भारतीय पक्षको अवरोधले रोकियो हुलाकी सडक निर्माण कार्य

कञ्चनपुर- कञ्चनपुर निर्वाचन क्षेत्र नं १ का सांसद तारा लामा तामाङले केही दिन अघि संसद्मा बोल्दै कञ्चनपुरमा निर्माणाधीन हुलाकी सडक चाँडो सम्पन्न गर्नुपर्ने माग गरेका हुन् ।

तीस महिना भित्र सम्पन्न गर्ने गरी वि.सं २०७३ फागुनमा निर्माण सुरु भएको ६२.५ किलोमिटर हुलाकी सडक तामाङको संसदीय क्षेत्रमा ९७ प्रतिशत भन्दा बढी पर्छ । निर्धारित समयावधि भन्दा दोब्बर बढी समय सकिँदा पनि उक्त सडक सम्पन्न नभएका कारण उनले कुरा उठाएका हुन् ।

Navadurga sun

सांसद लामाले मात्रै होइन कञ्चनपुरको दक्षिण क्षेत्रका नागरिकले पटक/पटक हुलाकी सडक निर्माणमा भइरहेको ढिलासुस्तीको विषयमा दबाब दिइरहे पनि निर्माणले गति लिन सकेको छैन । कञ्चनपुरको डोके बजारबाट बेदकोट नगरपालिकाको दैजी सम्म निर्माण गर्नुपर्ने उक्त सडक तीन चरणअन्तर्गत एकैसाथ ठेक्का गरी काम अगाडि बढाइए पनि दोस्रो र तेस्रो चरणको करिब ५० प्रतिशत काम बाँकी छ ।

हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका सूचना अधिकारी एवं इन्जिनियर वर्ख कडायतले हुलाकी खण्डको दोस्रो र तेस्रो चरणको काम जारी रहेको बताए । उनका अनुसार उक्त आयोजनाको बेलौरी–बेल्डाँडी खण्डमा १०.५ किलोमिटर सडक कालोपत्र भएको छ । “काम बाँकी रहेकाले छैटौँ पटक म्याद थपका लागि सडक विभागमा फाइल पुगेको छ”, उनले भने, “दोस्रो चरणमा एक हजार चार सय मिटर खण्ड भारतीय पक्षले ग्राभेल हाल्न दिएको छैन । तेस्रो खण्डको केही भू–भाग कालोपत्रका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट अनुमति आएको छैन ।”

“यहाँ तीन किलोमिटर कालोपत्र गर्ने तयारी भइरहेको छ”, इन्जिनियर कडायतले भने, “पचुँइ क्षेत्रमा सीमा विवादका कारण काम रोकिएको छ ।” उक्त कामको जिम्मा बाबा हङ्स–सिद्धिसाई जेभीले ४१ करोड ४१ लाख रुपैयाँमा पाए पनि केही समय निर्माण कम्पनी आयोजना कार्यालयको सम्पर्कमा नआएकाले काममा ढिलाइ भएको उहाँको भनाइ छ । हुलाकी सडकको अन्तिम चरणअन्तर्गत बेल्डाडी–दैजीको २२.५ किमी मध्ये ९.५ किमी कालोपत्र भएको इन्जिनियर कडायतले बताए ।

“निकुञ्जबाट काम गर्ने अनुमति नपाउँदा निर्माण कम्पनीले सामग्री थन्क्याएको छ”, उनले, “यो चरणअन्तर्गत निर्माण कम्पनीले काम गरिसकेको करिब १ करोड रुपैयाँ पाउन बाँकी नै छ ।” शर्मा–राजेन्द्र जेभीले निर्माण गरिरहेको अन्तिम चरणको काममा लामो समयसम्म कम्पनीले ढिलासुस्तीका कारण लम्बिएको कडायतले बताए । लामो समय बितिसक्दा पनि निर्माण व्यवसायीले सम्झौता अनुसार काम नगरी बेवास्ता गरेको उनको भनाइ छ । रासस

ADD Khali jpg
ADD Khali jpg
Loading...