अत्तरिया-ओलानी रुडमा चल्ने सवारीसाधनमा नयाँ भाडादर कायम, तोकिएको भन्दा बढी भाडा लिन नपाइने

अत्तरिया, ६ साउन- कैलालीको अत्तरिया देखी ओलानी सम्मको भाडादर कायम गरिएको छ । अत्तरिया बजार देखी गोदावरी नगरपालिकाको वडा नं ११ र १२ का बिभिन्न ठाउँ सम्म संचालन हुँदै आएका सवारी साधनहरुले मनोमानी रुपमा भाडा अशुल्न थालेको जनगुनासो तिब्र रुपमा बाहिर आउन थालेपछि आज (बुधबार) वाट नयाँ भाडादर कायम गरिएको हो ।

स्थानिय समाजसेवी युवा देव नेपालीका अनुसार आज ओलानीमा बसेको दुवै वडाका जनप्रतिनिधि, स्थानिय प्रहरी प्रशासन, समाजसेवी र यातायात ब्यावसायी र चालकहरुको भेलाले सवारी साधनहरुले मनोमानी रुपमा भाडा अशुल्न थालेको गुनासोलाई मध्यनजर गर्दै सबैलाई पायक पर्ने गरि नयाँ भाडादर तोकेको हो ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

भाडा तोकिए अनुसार अत्तरिया देखि मालाखेती सम्मको १० रुपैयाँ, अत्तरिया देखि खमौरा सम्मको २५ रुपैयाँ, अत्तरिया देखि चाक्लेखोला सम्मको ३५ रुपैयाँ, अत्तरिया देखि बाँङ्गेसाल सम्मको ४५ रुपैयाँ, अत्तरिया देखि गौडी सम्मको ५० रुपैयाँ तोकिएको छ ।

त्यसैगरी अत्तरिया देखि कृष्ण मन्दिर सम्मको ६० रुपैयाँ, अत्तरिया देखि रेगुलेटर सम्मको ७० रुपैया, अत्तरिया देखि बान्दे्रखाल सम्मको ८० रुपैयाँ र अत्तरिया देखि सबैभन्दा लामो दुरीमा पर्ने कोल्मुडा सम्मको ९० रुपैयाँ भाडा तोकिएको हो ।

उक्त भेलाले अटो रिक्साहरुले पनि सो भाडामा १० रुपैयाँ थप गरेर मात्रै लिन पाउने निणर्य गरेको स्थानिय युवा नेपालीले बताए । आजवाट तोकिएको नयाँ भाडादर अत्तरिया ओलानीको बाटोमा चल्ने सबै सवारी साधनमा टासिएको समेत नेपालीले बताए ।

अब सानो देखी ठूला सबै सवारी साधनहरुले तोकियकै दरमा भाडा उठाउनुपर्ने छ । यदी तोकेभन्दा बढी भाडा लिइएको पाइएमा कारबाही गरिने बताइएको छ ।

Loading...