अत्तरिया- कैलालीको अत्तरियामा ज्योति सामुदायिक विकास सेवा नेपालको आयोजनामा मानव बेचबिखन विरुद्धको अभियान सुरु गरेको छ । गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले अत्तरियाको बसपार्कमा सूचना तथा परामर्श केन्द्रको उद्घाटन गरेका हुन ।






कार्यक्रममा बोल्दै नगर प्रमुख भट्टले यस क्षेत्रको प्रमुख नाका/केन्द्रको रुपमा रहेको अत्तरियाबाट नै मानव बेचबिखन हुन सक्ने भएकाले यस्ता गतिविधिलाई रोक्नमा प्रहरी प्रशासन, स्थानीय जनता, संघ संस्थाबाट बेचिन पुग्ने मानवको उद्धारका लागि खट्न समेत निर्देशन दिएका छन ।

मानव बेचबिखन जघन्य अपराध हो । मानव बेचबिखन भनेको कुनै पनि उद्देश्यले मानिसलाई बेच्ने वा किन्ने भन्ने बुझिन्छ । अर्को अर्थमा कुनै पनि व्यक्तिलाई जर्बजस्ती तथा धोका दिएर शोषण गर्नु, घरेलु काममा लगाउनु, मानव अंग झिक्नु वा अन्य प्रकारका यौन शोषणमा प्रयोग गर्नु र झुक्याएर अन्यत्र लैजाने कार्यलाई नै मानव बेचबिखन तथा ओसार पसार भनिन्छ ।
यस्ता अपराधलाई नियन्त्रण गर्न परिवारदेखि सामाजिक संघ संस्था, स्थानीय तह, सरकारको सहयोग आवश्यक पर्दछ । यस्ता समस्याबाट मुक्ति दिलाउने संघ संस्था, व्यक्ति आदिलाई समाज तथा राज्यले प्रोत्साहन दिनुपर्दछ । मानव बेचविखन र ओसार पसार तस्कर गर्ने व्यक्तिलाई सामाजिक बहिष्कार र कडा सजायको व्यवस्था गर्नुपर्छ ।
मानव बेचबिखन र ओसार पसार राम्रो काम दिने प्रलोभनमा पारेर, विदेश लैजाने भनी ढाटेर वा जीवनस्तरमा पनि परिवर्तन आँउछ । र सँधै गरिबीको भुमरीमा नपरी उज्यालो भविष्य बनाइ दिन्छौ भन्ने आदि योजना बनाएर वैदेशिक रोजगारका लागि वा ऊ भएको ठाँउ देखि टाढा लगेर उनीहरूलाई उहीँ बेच्ने काम अथवा उनीहरूको अस्मिता लुट्ने र उनीहरूको अङ्गहरू बेचिदिने आदि गरेको पाइन्छ ।
कार्यक्रमको सभापतिका रुपमा ज्योति सामुदायिक विकास सेवा नेपालका राजन महतराज रहेका थिए भने, विशिष्ट अतिथिमा इलाका मालाखेतीका प्रहरी नायब परिक्षण (डिएस्पी) गंगा बहादुर थापा लगायत समाजसेवी, स्थानीय जनताको उपस्थिति रहेको थियो ।




