कृष्णपुर नगरपालिका २ नं.वडा कार्यालय भवनको उद्घाटन

प्रकाशबहादुर बोहरा
अत्तरिया, ६ साउन- कृष्णपुर नगरपालिका २ नं. वडा कार्यालय भवनको उद्घाटन भएको छ । बुधकार एक कार्यक्रमका बिच “शिक्षा, स्वास्थ्य र न्यायमा सबैको समानता ! विभेदरहित आयआर्जनमुखी सामाज र बालमैत्री शिक्षाको सुनिश्चिताता !!” भन्ने मुल नारा सहित उक्त वडा कार्यालय भवनको उद्घाटन गरिएको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

उक्त भवनको कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर हमालले रिवन काटेर र व्यानर अनावरण गरेर उद्घाटन गरेका छन् ।

उक्त कार्यक्रमको वडा नं. २ का वडा अध्यक्ष जय नारायण जोशीको सभापतीत्वमा संचालन भएको कार्यक्रमको प्रमुख अतिथी कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर हमाल रहेका थिए भने विशिष्ट अतिथी उप-प्रमुख रमिता राना बडायक रहेका थिए ।

त्यसैगरी कार्यक्रममा वडा सदस्य काशीराम जैसी, मेलमिलापकर्ताका संयोजक सिद्धराज जोशी, नेपाली कांग्रेसका धनञ्जय नाथ, नेकपा एमालेका लोकेन्द्र प्रसाद पन्त, नेकपा माओवादी अर्जुन साउँद, वडा सचिव हेम बहादुर बिष्ट लगायतको सहभागि रहेको थियो ।

उक्त कार्यक्रममा निर्माण व्यवसायीबाट वडा कार्यालयको चावी वडा अध्यक्ष जय नारायणलाई हस्तान्तरण गरिदै वडाको निर्माण कार्यमा सहयोग गरिएको भनि वडाले सम्मान पत्र दिएर सम्मान व्यक्त समेत गरेको थियो ।

मन्तव्यका क्रममा नेकपा माओवादी केन्द्रका युवा नेता अर्जुन साउदले वडा कार्यालय स्थापनामा केही बिवाद नभए एकदमै उचित ठाउमा बनेको बताए । घरघरमा सिहदरबार बनायौ तर सेवाकेन्द्रहरू थप्नु पर्ने बताएका छन् । कृष्णपुर नगरपालिकाको २ नं. वडा सबैभन्दा ठूलो वडा भएको बताउँदै यस वडामा विभिन्न जातजाती, गरीबीको रेखामुनी रहेका जनताहरु यसै वडामा रहेकोले यहाँका जनतालाई कसरी माथी उकास्न सकिन्छ त्यस तर्फ चाँसो जानु पर्ने बताए ।

Dadeldhura hospital

त्यसैगरी नेपाल कांग्रेस कृष्णपुर नगरपालिकाका वडा नं.२ का वडा सभापती धनञ्जय नाथले बिकासका काममा कसैले पनि बिवाद गर्न नहुने बताएका छन् । हाम्रो वडामा किसानहरुलाई मलको समस्या हुने भएकोले मलको उचित व्यवस्था गरिनु पर्ने कुरामा जोड दिएका थिए ।

वडाहरुमा बाटाघाटाको व्यवस्था गरिनु पर्ने समेत बताएका थिए । आफुले अरूलाई गाली गर्नु पूर्व आफुलाई सम्भनु पर्ने नाथले बताएका थिए ।

त्यसैगरी नेपाल एमालेका लोकेन्द्र प्रसाद पन्तले वडाद्वारा संचालीत सम्पूर्ण कार्य अगाडी बढाउने थलोको रुपमा कार्यालय स्थापना भई सकेको बताए । अब वडा कार्यालयबाट सम्पूर्ण कार्य गर्ने भएको छ । सबै थरीको सहभागी भई वसोवास रहेको यस वडाका जनताले राम्रोसँग वुझने गरि सल्लाह सुझाव दिन सकुन भन्ने बताएका छन् । बिकास निर्माणको पहिलो खुटकिला भनेको वाटो निर्माण रहेको बताए । यो वडामा अहिले आएर ३।४ वर्ष यता केही निर्माणका कार्यले पूणर्ता पाएको भए पनि कुनै-कुनै ठाउँमा निर्माण लगायत पुलको कार्य कार्य बाँकी रहेको बततए ।

त्यसैगरी उप-प्रमुख रमिता राना वडायकले कुनैपनि किसिमको बिकास निर्माणको कार्य गर्दा विरोधका कारण अलपत्र पर्न गएको बताए । हामी जनताबाट चुनियर गएको जनप्रतिनिधि भईसकेकाले निर्माण कार्य गर्नु हामीसबैको साझा हुन आउँछ । जनताको अमुल्य भोट पाएर हामी जनप्रतिनिधि भएको समेत बताए । कृष्णपुर नगरपालिकाको न्यायिक समितीको अध्यक्ष भएको बताउँदै कुनै पनि वादविवाद अथवा कुनै पनि विकासका कामहरुमा निकास निकाल्न सके राम्रो हुने बताए । १५ सैयाको हस्पिटल निर्माण गर्न धौ धौ भएको थियो । बिवादका कारणले वडाहरूमा कार्य गर्न गार्हो भएको उप-प्रमुख रमिता राना बडायकले बताइन ।

त्यसैगरी नगर प्रमुख कर्ण बहादुर हमालले गाउँ घरका जनतालाई सेवा सुबिधा दिनका लागि हामीले प्रतिबद्धता गरेका कुराहरू धेरै मात्रामा सफल गरि केही कार्यहरुको जग समेत हालेको बताए । वडावासिहरूलाई सर्व सुलभ रूपमा काम गर्नका लागि वडा कार्यालयको भवन उद्घाटन गरेको बताए ।

यस कृष्णपुर नगरपालिकामा जम्मा ९ वटा वडा रहेकोमा ६ वटा वडा कार्यालय भवनको निर्माण गरि सकेको र बाँकी ३ वटा भवनको निर्माण गर्न बाँकी रहेको नगर प्रमुख हमालले बताए । बाँकी निर्माण गर्न वाँकी रहेको भवनको निर्माण आ.व.२०७८।०७९ मा निर्माण कार्य सम्पन्न गरी सक्ने बताए । जनताको सेवा सुिबधा, बिकास निर्माणमा हामीहरूले यहाँहरूको सेवा सुबिधाले सम्पन्न गर्न सकेको बताए ।

त्यसैगरी कृष्णपुर नगरपालिका २ नं.वडा कार्यालयका वडा अध्यक्ष जय नारायण जोशीले जनताका काम, कार्यहरू सफल गर्न कार्यालयको स्थापना जरूरी रहेकोले हामीहरुले उक्त ठाउँमा वडा कार्यालय स्थापना गरिएको बताए । वडा अध्यक्ष जोशीले सबैभन्दा ठुलो कुरा ईच्छा शक्ति हुन आवश्यक रहेको बताए । इच्छाशक्तीका कारणले उक्त ठाउँमा वडा कार्यालय स्थापना गर्न सफभ भएको बताए । उक्त कार्यमा सहयोग गर्ने सम्पूर्णमा धन्यवाद समेत व्यक्त गरेका थिए ।

उक्त कार्यक्रमको संचालन नेकपा नेता गणेश ऐरले गरेका थिए ।

Loading...