कञ्चनपुरमा भारतीय नागरिकले दसगजा क्षेत्र बाट माटो ओसारपसार गर्दा विवाद

कञ्चनपुर- कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीमा नेपाल–भारतको सिमानामा भारतीय नागरिकले दसगजा क्षेत्र बाट माटो ओसारपसार गर्दा विवाद उत्पन्न भएको छ । जिल्लाको बेलौरी नगरपालिका १० भुडाको दर्सी खल्लामा पिलिभित जिल्ला कम्बोजनगरका भारतीय नागरिक अनुप सिहले घर भरानका लागि सिमाको दसगजा बाट माटो लैजाँदै गर्दा विवाद सृजना भएको हो ।

सशस्त्र प्रहरीले रोक्दा अवस्था सामान्य- नेपाल भारत सिमानाबाट माटो भारत तर्फ लैजाँदै गर्दा केही स्थानीयले देखेपछि नेपाल स्थित सशस्त्र प्रहरी बल लाई खबर गरेपछि माटो लैजाने कार्य बन्द भएको छ । सशस्त्र सिमा बल बिओपी भुडाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक खेमराज जोशीको नेतृत्वमा गएको टोलीले भारतीय सिमा सुरक्षा बल एस एस बि संगको सहकार्यमा सो कार्य रोकिएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

भारतीय सिमा सुरक्षा बल (एसएसबी) कम्पनी कमान्डर प्रहरी निरीक्षक आइ जमिर र नेपालका तर्फबाट सशस्त्र सिमा सुरक्षा बल भुडाका बिओपि प्रमुख जोशीको प्रयासमा सिमामा माटो उत्खनन कार्य रोकिएको हो । कञ्चनपुरको दक्षिणी क्षेत्र सिमा विवादले परिचित रहेको छ ।

बेल्डाडी गाउँपालिकाको वडा नम्बर ५ झिलमिला देखि कञ्चनपुर कैलालीको सिमा डोके बजार सम्म सिमा विवाद कायम रहेको छ । सिमा बिबाद हुँदा स्थानीय मर्कामा पर्ने गरेका छ्न । नेपाली भुमिमा बेलाबेला भारतीय पक्षले नापजाँच गर्ने सिमा पिल्लर सार्ने कार्यले सिमाका बासिन्दा त्रसित बनेका छ्न् । नेपाल भारत खुला सिमा भएकाले यो विवाद उत्पन्न भएको सिमाका बासिन्दा बताउने गर्दछन् । केही महिना अघि बेलौरी नगरपालिका–१० भुडामा भारतीय सीमा सुरक्षाबल एसएसबीले हातहतियार सहित सीमा नापजाँच गरिरहेको अवस्थामा स्थानीयले फिर्ता पठाएका थिए ।

त्यसको केहि दिनपछि पट्रोलिङ गरिरहेका बेला उक्त क्षेत्रमा दुबै देशका सीमा सुरक्षा बलका प्रतिनिधि हरु पुनस् सिमाङ्कन गरिरहेकोमा स्थानीयले विरोध जनाएका थिए । “नेपालको भूमिमा एकलौटी ढंगले नापनक्सा गरिरहेको अवस्थामा उनिहरुलाई स्थानीय मिलेर फिर्ता पठाइएका थियौ’ स्थानीय गोपाल पन्तले भने ‘ भारतको तर्फबाट एसएसबीले ३५ देखि ३४ सम्म मिसिङ पिलर खोज्ने, सिमा नक्साङ्कन भन्दै फेरि नापजाँच गर्ने गर्दछ उक्त कुराको स्थानीयले सदैव विरोध गर्ने गर्दछ ।

हामी हाम्रो देशको नक्सा हाम्रो जमिन बचाउन जे पनि गर्न तयार छौ ।’ पन्तले भने उनले सयौँ बिगाहा नेपालको जमिन, सिँचाइको नहर, हुलाकी सडक, पर्यटकीय प्याराताल भारतमा पर्ने गरि बनाइएको स्ट्रिप नक्साको बहानामा नेपालको भूमि भारतमा गाभ्ने कार्य भइरहेकोले यथा सिघ्र रोक्न सम्बन्धित सरोकारवाला निकायलाई आग्रह गरेका छन् ।

Loading...