



अत्तरिया- सुदूरपश्चिमका रानाथारु समुदायले आज खखडेहरा पर्व मनाउँदै छन् । रानाथारू समुदायको सबैभन्दा ठूलो पर्व होरीको अन्तिम दिनका रूपमा खखडेहरा मनाइने चलन छ ।


एक महिना लामो समयसम्म मनाइने होरी पर्वको समापनका दिन रानाथारु समुदायले खखडेहरा मनाउने गर्दछन् । यसै अवसरमा सुदूरपश्चिममा आज (सोमबार) सार्वजनिक बिदा दिइएको छ । खखडेहराको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।





