कैलाली र कञ्चनपुरबाट अवैध सामान बरामद

धनगढी- कैलाली र कञ्चनपुरबाट प्रहरीले अवैध सामान बरामद गरेको छ । कैलालीको धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहधनगढी–९ त्रिबेणीघाटबाट प्रहरीले करिब ३० हजार ६६० मुल्यका अवैध सामान बरामद गरेको हो । प्याज, चिनी, सुर्ती, बिडी, सरफ, प्लाष्टिक झिल्ली, सुट, चक्लेट, मसला, लगायतका सामान शनिबार प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको हो ।

Dadeldhura hospital

उता कञ्चनपुरको भीमदत्त नगरपालिका–६ शान्ति निकेतन स्कुल नजिक, भीमदत्त नगरपािलका–११ चौकीसत्ता र बेलडाँडी गाउँपालिका–३ राधाकृष्ण मन्दिर नजिकबाट पनि प्रहरीले अवैध सामान बरामद गरेको छ ।

Navadurga sun
Godawari sandesh

करिब एक लाख ५९ हजार मुल्यको तरकारी, गाडीको स्प्रे, ब्लाउजको कपडा, काजु, पापड, किरानाका सामान, हार्डवेयरका सामान, बोईलर कुखुरालगायतका अवैध सामान शनिबार प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको हो ।

Loading...